म:म: हातैले बनाउने परम्परादेखि आधुनिक अटोमेसनसम्मको यात्रा

म:म: हातैले बनाउने परम्परादेखि आधुनिक अटोमेसनसम्मको यात्रा

नेपालका होटल र रेस्टुरेन्टमा पस्नेबित्तिकै सबैको मुखमा आउने एउटै नाम हो— म:म:। अहिले नेपाली रेस्टुरेन्टमा पुगेर मेन्युका सबै परिकार नियालेपछि अन्त्यमा म:म: नै मगाउने भाष्य निकै चर्चित छ। नेपाली स्वादको अभिन्न अङ्ग बनिसकेको म:म: आज नेपाली शैलीमा तयार पारिए पनि यसको ऐतिहासिक उद्गम स्थल भने नेपाल होइन।

म:म:को इतिहास र उत्पत्ति

म:म:को उत्पत्तिको निश्चित तथ्य नभए पनि यो १४औं शताब्दीतिर तिब्बतबाट सुरु भएको मानिन्छ। पछि नेपाल र तिब्बतबीच व्यापार गर्ने ल्हासाका नेवार व्यापारीहरूले यसलाई काठमाडौं भित्र्याएका हुन् भन्ने विश्वास छ। "मःमः" शब्द तिब्बती शब्द "मोग मोग" वा बाफमा पकाइने बन (Bun) को चिनियाँ शब्दबाट उत्पत्ति भएको मानिन्छ।

परम्परागत तिब्बती मःमः प्रायः कम मरमसला हालिएको चौंरीको मासु भरेर बनाइन्थ्यो र त्यसको बाहिरी पत्र (बोक्रो) बाक्लो हुन्थ्यो। तर काठमाडौंका बासिन्दाहरूले यसलाई स्थानीय मरमसला हालेर अझ स्वादिष्ट बनाए। म:म:सँग पस्किइने गोलभेडाको पिरो र मसालेदार अचार पनि काठमाडौंकै मौलिक सिर्जना हो।

परम्परागत उत्पादनबाट अटोमेसनतर्फ

मःमःको लोकप्रियता नेपालमा मात्र सीमित नरही भारत लगायत अन्य मुलुकहरूमा पनि तीव्र रूपमा फैलिरहेको छ। यसको माग दिनानुदिन बढ्दै गएकाले केवल हातैले मःमः बनाएर व्यावसायिक विस्तार गर्न गाह्रो भइरहेको छ। त्यसैले व्यावसायिक उत्पादन बढाउन आधुनिक र स्वचालित मेसिनहरूको प्रयोग अपरिहार्य बन्न पुगेको छ।

म:म: बनाउने ५ मुख्य चरणहरू

सामान्यतया म:म: बनाउने प्रक्रियालाई ५ भागमा विभाजन गर्न सकिन्छ:

  1. मैदा मिसाउने र मुस्ने: मैदा, पानी र नुन मिसाएर मुछिन्छ। व्यावसायिक उत्पादनमा डो मेकिङ (मैदा मुछ्ने) मेसिन प्रयोग गरिन्छ।

  2. रोटी बेल्ने र गोलाकारमा काट्ने: मुछिएको पिठोलाई पातलो पारेर बेली गोलो आकारमा काटिन्छ, जुन म:म: र्‍यापर मेसिनले गर्छ।

  3. कीमा तयार गर्ने: मासुका लागि मिट मिन्सर मेसिन र तरकारीका लागि भेजिटेबल बाउल चपर तथा प्याज चपर मेसिन प्रयोग गरी कीमा तयार पारिन्छ।

  4. स्वचालित फिलिङ र आकार दिने: तयार रोटी र कीमालाई राउन्ड सेप वा सी-सेप म:म: मेकिङ मेसिनमा राखिन्छ, जसले स्वचालित रूपमा म:म:को आकार दिन्छ।

  5. बाफमा पकाउने (स्टीमिङ): तयार भएका म:म:लाई स्टीमरमा राखेर पकाइन्छ।

बजारमा उपलब्ध प्रमुख म:म: मेसिनहरू

  • डल्लो म:म: बनाउने मेसिन (पूर्ण स्वचालित): गोलो वा डल्लो आकारका म:म: बनाउन यो मेसिन उपयुक्त छ। यसमा मुछेको पिठो र कीमा हालेपछि स्वचालित रूपमा म:म: तयार हुन्छन्। रोटीको मोटाइ १ मि.मि. भन्दा कमसम्म मिलाउन सकिन्छ।

  • लाम्चो / तरकारी आकारको म:म: बनाउने मेसिन: यसले बीचमा मुजा भएको लाम्चो म:म: बनाउँछ। मोल्ड (ढाँचा) फेरेर समोसा वा मुटु-जस्तो आकार पनि बनाउन सकिन्छ।

  • सी-आकारको म:म: बनाउने मेसिन (पूर्ण स्वचालित): यसले अर्धचन्द्राकार (C-shape) म:म: बनाउँछ। मैदाको रोटी बनाउने र कीमा भर्ने अलग-अलग मोटर हुने भएकाले गति र तौल नियन्त्रण गर्न सजिलो हुन्छ।

  • अर्ध-स्वचालित सी-आकारको मेसिन: पूर्ण स्वचालित भन्दा सस्तो यो मेसिनले गोलो रोटी पहिले नै तयार पारेर राखेपछि स्वचालित रूपमा कीमा भरेर सी-आकार दिन्छ।

  • म:म: पातो (रोटी) बनाउने मेसिन: पूर्ण स्वचालित मेसिनमा एकैपटक ठूलो लगानी गर्न नसक्ने व्यवसायका लागि uniform (समान) आकारका रोटी बनाउन यो मेसिन उपयोगी हुन्छ।

  • कीमा तथा मैदा तयारी मेसिनहरू: मासु पिस्ने मेसिन (Meat Grinder), तरकारी बाउल चपर (Vegetable Chopper) र प्याज काट्ने मेसिन (Onion Chopper) ले कीमा बनाउने कामलाई सहज र छिटो बनाउँछन्।

म:म: मेसिनहरूको क्षमता र मूल्य विवरण (नेपालमा)

मेसिनस्वचालन प्रकारप्रति घण्टा उत्पादन / क्षमताविशेष आवश्यकताअनुमानित मूल्य (नेपाल)
डल्लो म:म: बनाउने मेसिनपूर्ण स्वचालित८,००० – १०,००० थानसिधै मैदा र कीमा आपूर्ति 
लाम्चो म:म: बनाउने मेसिनपूर्ण स्वचालित३,००० थानमैदा पातो बनाउने मेसिन आवश्यक 
सी-आकारको म:म: मेसिनपूर्ण स्वचालित२,४०० – ३,००० थानसिधै मैदा र कीमा आपूर्ति 
अर्ध-स्वचालित सी-आकारको मेसिनअर्ध-स्वचालितअपरेटरमा निर्भरहातले पातो (रोटी) राख्नुपर्ने 
म:म: पातो बनाउने मेसिनस्वचालित४० थान प्रति मिनेटपातो/रोटी उत्पादन मात्र 
मैदा मुछ्ने मेसिनस्वचालित५ – २५ के.जी.मैदा तयारी मात्र 
मासु पिस्ने मेसिनस्वचालितमोडेल अनुसारकीमा तयारी 
तरकारी बाउल चपर मेसिनस्वचालित१५ लिटरको बाउलतरकारी कीमा तयारी 
प्याज काट्ने मेसिनस्वचालित३० – ७० के.जी. प्रति घण्टाप्याज काट्न मात्र 

बारम्बार सोधिने प्रश्नहरू (FAQ)

१. नेपालमा म:म: बनाउने मेसिनहरूको मूल्य कति पर्छ?

– मेसिनको स्वचालन र क्षमता अनुसार मूल्य फरक हुन्छ। मैदा मुछ्ने मेसिन करिब रु. ४८,००० बाट सुरु हुन्छ भने डल्लो म:म: बनाउने पूर्ण स्वचालित मेसिनको मूल्य रु. ४३०,००० र औद्योगिक सी-आकारको मेसिनको मूल्य करिब रु. २५.५ लाखसम्म पर्छ।

२. साना व्यवसायका लागि कुन मेसिन उपयुक्त हुन्छ?

– साना र भर्खरै सुरु भएका रेस्टुरेन्टका लागि मैदा मुछ्ने मेसिन र म:म: पातो बनाउने मेसिन वा अर्ध-स्वचालित सी-आकारको मेसिन किन्नु उपयुक्त र किफायती हुन्छ।

३. मध्यम स्तरको उत्पादनका लागि कुन मेसिन राम्रो हुन्छ?

– मध्यम स्तरका व्यवसायका लागि डल्लो म:म: बनाउने मेसिन र लाम्चो आकारको म:म: बनाउने मेसिन लोकप्रिय विकल्प हुन्, जसले प्रति घण्टा हजारौँ थान म:म: बनाउन सक्छन्।

४. ठूलो स्तरको औद्योगिक उत्पादनका लागि कुन मेसिन प्रयोग गरिन्छ?

– ठूला उद्योग तथा फ्रोजन म:म: उत्पादकहरूका लागि पीएलसी-नियन्त्रित सी-आकारको पूर्ण स्वचालित मेसिन सबैभन्दा उत्तम मानिन्छ, जसले समान तौल र आकारका म:म: उत्पादन गर्छ।

५. के म:म: मेसिनहरू पूर्ण रूपमा स्वचालित हुन्छन्?

– डल्लो र सी-आकारका औद्योगिक मेसिनहरू पूर्ण स्वचालित हुन्छन्, जसमा मुछेको पिठो र कीमा हालेपछि म:म: तयार हुन्छ। तर केही मेसिनहरू (जस्तै: अर्ध-स्वचालित वा रोटी बनाउने मेसिन) मा भने निश्चित चरणहरू हातैले गर्नुपर्ने हुन्छ।

६. के एउटै मेसिनले फरक-फरक आकारका म:म: बनाउन सक्छ?

– म:म:को आकार मेसिनको मोल्डमा निर्भर हुन्छ। डल्लो मेसिनले गोलो, लाम्चो मेसिनले मुजा परेको र सी-आकारको मेसिनले अर्धचन्द्राकार म:म: उत्पादन गर्छन्।

७. मैदा र कीमाका लागि छुट्टै मेसिन चाहिन्छ?

– हो, पूर्ण स्वचालित मेसिनमा पनि मुछिएको पिठो र तयार पारिएको कीमा नै हाल्नुपर्छ। त्यसैले पिठो मुस्न 'डो मेकर' र कीमाका लागि 'मासु पिस्ने' वा 'तरकारी चपर मेसिन' आवश्यक पर्छ।

Old Post New Post

.

Recent Comments

Profile picture of Durgesh Thapa
Durgesh Rana

This was a great read! Thanks for sharing Momo Details.

Profile picture of Susmita Thapa
Susmita Thapa

I Read something new Momos today, appreciate it!

Comment input icon